अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

सुरक्षाको कारण देखाउँदै म्यानमारका केही राज्यमा निर्वाचन स्थगित

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:२७ मा प्रकाशित

म्यानमारको निर्वाचन आयोगले केही राज्यको निर्वाचन रद्द गर्ने घोषणा गरेको छ ।स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न नसक्ने भन्दै आयोगले केही केन्द्रको मतदान रद्द गर्ने निर्णय गरेको हो ।आयोगका अनुसार बागो क्षत्रेका दुई शहर रकाद्धिन राज्यका ११ शहरमा भएका मतदान निष्पक्ष र स्वतन्त्र हुनेमा आशंका पैदा भएको बताइएको छ ।

म्यानमारले आगामी नोभेम्बरमा आम निर्वाचन सम्पन्न गर्ने जनाएको छ । म्यानमारमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६ हजार ९ सय ६९ उम्मेद्वार चुनावी मैदानमा रहेका छन् ।देश बाहिर रहेका मतदाताका लागि अनलाइनमार्फत अग्रिम रुपमा मतदान गर्ने व्यवस्था मिलाइको बताइएको छ ।

हालै म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का तीन जना उम्मेद्वार चुनाव प्रचार प्रसारका क्रममा अपहरणमा परेपछि निर्वाचनको सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले समेत चासो व्यक्त गरेका छन् । सत्तारुढ एनएलडी पार्टीले सन् २०१५ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरेपछि सरकार सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू