अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

विश्वभर २ करोड ९६ लाख ८९ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:१८ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ९६ लाख ८९ हजार ५ सय ९७ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ९६ लाख ४९ हजार ८ सय १८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख १० हजार २ सय जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ८८ लाख ५० हजार २१ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ७१ हजार ५ सय ९८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ८७ लाख ७८ हजार ४ सय २३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ८२ लाख ८८ हजार २ सय ७८ जना संक्रमित भएका छन् भने २ लाख २३ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ७४ लाख ३२ हजार ६ सय ८० जना संक्रमित हुँदा १ लाख १३ हजार ३२ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५२ लाख १ हजार ५ सय ७० जना संक्रमित भएका छन् भने १ लाख ५३ हजार २ सय २९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू