अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

पाकिस्तानमा अज्ञात समूहको गोली प्रहारबाट १४ को मृत्यु, मारिनेमा सुरक्षाकर्मी र सरकारी अधिकारी

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:२१ मा प्रकाशित

दक्षिणी पाकिस्तानको बलूचिस्तान प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट कम्तिमा १४ जनाको मृत्यु भएको छ ।देशको मुख्य शहर कराँची जोड्ने राजमार्गमा यात्रा गरीरहेकाहरुमाथि जथाभावी गोली प्रहार गर्दा उनीहरुको हत्या भएको हो ।मृत्यु हुनेहरुमा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरु पनि रहेको बताइएको छ ।उक्त घटनामा आक्रमणकारीले अत्याधुनिक हतियार प्रयोग गरेको बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले दावी गर्नुभएको छ ।

घटनालगत्तै आक्रमणकारीहरु भागेको सुरक्षाकर्मीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनालगत्तै सुरक्षाकर्मीले राजमार्गमा खोजी कार्य जारी राखे पनि आक्रमणकारी पत्ता लगाउन सकेका छैनन् ।घटनाको कुनै पनि समूहले जिम्मा लिएका छैनन् । गत वर्षको अप्रिलमा पनि बन्दुधकधारीको आक्रमणमा सोही स्थानमा १४ जनाको मृत्यु भएको थियो ।

स्वतन्त्र पाकिस्तानको माग गर्दै आन्दोलन गरिरहेका विभिन्न जातिय संगठनले उक्त घटनाको जिम्मा लिएका थिए । गत जुलाईमा पनि बन्दुकधारीको आक्रमणमा परेर आठ जना सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू