अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

कोरोना सङ्क्रमण दर बढे पनि सरकारको तयारी बढेन – चिकित्सक सङ्घ

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:१६ मा प्रकाशित

नेपाल चिकित्सक सङ्घले कोरोना सङ्क्रमितका लागि आवश्यक पर्ने आईसीयू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डिसिभिरलगायत अत्यावश्यक औषधिहरुको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।सङ्घका महासचिव बद्री रिजालले शुक्रबार विज्ञप्ति निकालेर कोरोना सङ्क्रमणको दर बढिरहेको तर सरकारको तयारी नबढेको भन्दै तत्काल अत्यावश्यक पूर्वाधार र औषधिको सहज उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

महासचिव रिजालले विज्ञप्तिमार्फत काठमाण्डौसहित देशभर कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि औषधि र पूर्वाधार अभाव हुँदा सङ्क्रमित सडकमा भौतारिरहनुपरेको खबरले आफूहरुको ध्यानाकर्षण भएको बताउनुभएको छ । नेपालमा अहिलेसम्म १ लाख २६ हजारभन्दा धेरै व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये अहिलेसम्म ६ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू