अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नरहेको कृषि मन्त्री भुसालको भनाइ

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:०९ मा प्रकाशित

कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताउनुभएको छ । ४० औँ विश्व खाद्य दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउनुभयो ।

कलकत्ताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालको भनाइ थियो । मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि धारणा राख्नुभयो । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू