अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण, ३ हजार ५ सय २२ जना उचारपछि डिस्चार्ज, २१ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:०३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो थपिएको संख्या सहित मुलुकमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको जानकारी दिनुभयो । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू