अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

दशैंमा नियमित पूजा बाहेक भक्तजनको लागि मन्दिर, शक्तिपीठ नखोल्न गृह मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:०१ मा प्रकाशित

गृह मन्त्रालयले दशैँको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ सङ्क्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताउनुभयो । तर नित्य पूजाआजा भने सुरु गर्न सकिने उहाँले बताउनुभयो ।

मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उहाँले बताउनुभयो । महान चाड बडादशैँको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ र धेरै सङ्ख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुन सक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।]

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू