अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

डेमोक्रेटले पारित गरेको नयाँ हिरोज एक्टमा के छ ?

बिआरटीनेपाल २०७७ असोज २९ गते १०:१५ मा प्रकाशित

न्युयोर्क । कोभिड–१९ को प्रकोपबाट राहत दिन डेमोक्रेटहरुले पारित गरेको २ दशमलव २ ट्रिलियन डलरको नयाँ हिरोज एक्ट लगभग पुरानो हिरोज एक्टजस्तै छ । यसमा प्रतिव्यक्ति १ हजार २ सय डलरको राहत चेक त छ नै । संयुक्त रूपमा कर तिरेका दम्पतीले २ हजार ४ सय अमेरिकी डलरको चेक पाउने छन् । साथै पुरानो हिरोज एक्टले झैँ यसले पनि प्रति डिपेन्डेन्ट ५ सय डलरको राहत चेकको व्यवस्था गरेको छ ।
संशोधन गरिएको नयाँ हिरोज एक्टमा डिपेन्डेन्टका लागि उमेरको हद तोकिएको छैन । पुरानो हिरोज एक्टमा उमेरको हद तोकिएको थियो जसका कारण २४ वर्ष मुनिका पूर्णकालीन विद्यार्थी र वयस्क डिपेन्डेन्ट राहत पाउनबाट वञ्चित भएका थिए । साथै, नयाँ हिरोज एक्टमा डिपेन्डेन्टको अधिकतम सङ्ख्या तोकिएको छैन जसका कारण धेरै डिपेन्डेन्ट हुने परिवार राहत पाउनबाट वञ्चित हुने छैन ।

नयाँ हिरोज एक्टमा साप्ताहिक रूपमा व्यवस्था गरिएको ६ सय डलरको फेडेरल प्यान्डेमिक अनइम्प्लोइमेन्ट कम्पेन्सेसनलाई आगामी जनवरी ३१ सम्म निरन्तरता दिइएको छ । साथै, यसमा अर्नड इन्कम ट्याक्स क्रेडिटको दायरा पनि बढाइएको छ । त्यसअनुसार, २०२० मा ट्याक्स क्रेडिट ५ सय ३८ डलरबाट बढेर अधिकतम १ हजार ४ सय ८७ डलरसम्म पुग्नेछ । स्पिकर न्यान्सी पेलोसीका अनुसार, २०२० मा सबै आम्दानी गुमाउने अभिभावकले यस्तो क्रेडिट २०१९ को कमाइका आधारमा रकम ५ हजार ९ सय २० डलरसम्म पाउने छन् ।

त्यस्तै, नयाँ हिरोज एक्टमा चाइल्ड ट्याक्स क्रेडिट शतप्रतिशत पाउने व्यवस्था गरिएको छ । वर्तमान व्यवस्था अनुसार चाइल्ड ट्याक्स क्रेडिट २ हजार डलर भए पनि १ हजार ४ सय डलर मात्र फिर्ता हुन्छ । नयाँ हिरोज एक्टमा डिपेन्डेन्ट केयर ट्याक्स क्रेडिट पनि ३ हजार डलरबाट बढाएर ६ हजार डलर पु¥याइएको छ । इनकम फेजआउट थ्रेसहोल्ड १५ हजार डलरबाट १ लाख २० हजार डलर पु¥याइएको छ भने सम्पूर्ण क्रेडिट शतप्रतिशत फिर्ता दिने व्यवस्था गरिएको छ । साथै, यसमा क्रेडिट ३५ प्रतिशतबाट बढाएर अधिकतम ५० प्रतिशत पु¥याइएको छ ।
नयाँ हिरोज एक्टमा साना परिवारका लागि सप्लिमेन्टल न्युट्रिसन असिस्टेन्ट प्रोग्राम १५ प्रतिशतले बढाएर १६ डलरबाट ३० डलर पु¥याइएको छ । अनिवार्य रूपमा गर्नुपर्ने काम एक वर्षका लागि हटाइएको छ । त्यस अतिरिक्त नयाँ हिरोज एक्टमा ५० बिलियन डलरको रेन्टल असिस्टेन्ट, २१ बिलियन डलरको होम अनर असिस्टेन्ट, ४ सय बिलियन डलरको स्टेट एण्ड लोकल एड र २ सय २५ बिलियन डलरको स्कुल एड मुख्य रूपमा समेटिएको छ ।

प्रतिक्रिया