अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

देशभर ३०५ जना संक्रमितको आइसियूमा र ७० जनाको भेन्टिलेटरमा उपचार हुँदै

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:३२ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालहरुमा स्वास्थ्य अवस्था गम्भीर भएका संक्रमितहरुको संख्या पनि बढ्न थालेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म देशभर ३०५ जना संक्रमितको आइसियूमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिनुभएको हो । डा. गौतमका अनुसार हालसम्म प्रदेश १ मा ३९, प्रदेश २ मा १९, बागमती प्रदेशमा १६६, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको आईसीयुमा उपचार भइरहेको छ।

यसैगरी भन्टिलेटरमा भने प्रदेश १ मा ८, प्रदेश २ मा १, बागमती प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा ३ जनाको उपचार भइरहेको छ। यसअघि मंगलबारसम्म देशभर ३ सय ७ जना कोरोना संक्रमितको आइसियुमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू