अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६
| Colorodo: 23:41
खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा बुधबार धनगढीमा तीनजना घाइते भएका छन् ।धनगढी उपमहानगरपालिका वडा नम्बर-८ को नवदुर्गा मन्दिरनजिकै स्थानीय हरिलाल विष्टको घरमा सिलिन्डर पड्किँदा तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ७० वर्षीय विष्टसहित ६५ वर्षीया विमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी टोलीले उनीहरुको उद्धार गरी माया मेट्रो अस्पताल लगिएको छ । घाइतेमध्ये विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ग्यास लिक भएको अवस्थामा ग्यास बाल्न खोज्दा पड्किएको प्रहरीले जनाएको छ ।