अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

ईयूका नवनियुक्त राजदूतलाई गृहमन्त्री थापाको आग्रहः “हवाई क्षेत्रको प्रतिबन्ध हटाइदिनुस्”

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:२२ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि युरोपेली संघ(ईयूका नवनियुक्त राजदुत नोना देप्रेजबीच बुधबार भेटघाट भएको छ। गृह मन्त्रालयमा भएको भेटमा नेपाल र इयुका राष्ट्रहरुबीचको द्विपक्षीइ सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन समेत राजदुत देप्रेजसँग आग्रह गर्नुभएको थियो । उहाँले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापन लागयतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगका लागि राजदुतमार्फत धन्यवाद व्यक्तगर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदुत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाललाई इयुले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिवन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गररहेको तथा छिट्टै निश्कर्षमा पुग्ने आश्वासन राजदुत देप्रेजले दिनुभयो । भेटमा उहाँले नेपालको संघियताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालेका कदमका सम्बन्धमा गृहमन्त्री थापासँग जिज्ञासा समेत राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू