अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

विश्वभर २ करोड ८८ लाख ९२ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:१७ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ८८ लाख ९२ हजार ६ सय ६५ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ८४ लाख ५४ हजार ६ सय ७४ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ९२ हजार १ सय ९६ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ८४ लाख ६० हजार ७ सय ८३ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६९ हजार ३ सय १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ८३ लाख ९१ हजार ४ सय ७१ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ८० लाख ९४ हजार ८ सय ७९ जना संक्रमित भएका छन् भने २ लाख २० हजार ९ सय ३९ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ७२ लाख ४४ हजार २४ जना संक्रमित हुँदा १ लाख १० हजार ६ सय ८६ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख १४ हजार ८ सय २३ जना संक्रमित भएका छन् भने १ लाख ५१ हजार ६३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू