अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

कोरोनाका कारण ७ महिनादेखि बन्द रहेका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:०९ मा प्रकाशित

कोरोना संक्रमणको जोखिम बढेसँगै करिब सात महिनादेखि बन्द रहेका सबै देवी–देवताका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । दसैंका बेला विशेष पूजाआजा हुने भएकाले सरकारले यी शक्तिपिठहरु खोल्ने निर्णय गरेको हो । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि शक्तिपीठहरु खुला गरिनुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

तर सरकारले यसबारे अहिलेसम्म औपचारिक निर्णय भने गरेको छैन । कोरोना संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजा रोक्ने निर्णय गरेको थियो ।यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजाबाहेक सबै गतिविधि बन्द गरिएका छन् ।

अन्य क्षेत्रलाई खुला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन । तर अधिकांश मन्दिरहरु कात्तिक १ देखि सीमित रुपमा भए पनि खुला गर्ने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू