अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:०५ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित थपिएसंगै मुलुकमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ भने २ हजार १ सय ७४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगै कोरोनाको उपचारपछि डिस्चार्ज हुनेको जम्मा संख्या ८० हजार ९ सय ५४ पुगेको छ ।

मुलुकमा अहिले ३६ हजार ३ सय ६७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा १२ थप जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।

अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८ सय १९ जना रहेका छन् भने होम आइसोलेशनमा २१ हजार ५ सय ६८ जना र क्वारेन्टाइनमा ४ हजार ६६६ जना छन्। मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३ सय ५ र भेन्टिलेटरमा ७० जना विरामीको उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू