अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५
| Colorodo: 06:40
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ । पुनर्गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गर्नुभएको छ । नेकपा महासचिव समेत रहेका पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा पौडेललाई नियुक्त गर्नुभएको हो ।
त्यस्तै शहरी विकास मन्त्रीमा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ । लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ । महिला बालबालिकामा हरेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । नव नियुक्त भएका तीनै जना मन्त्रीहरु प्रधानमन्त्री ओली निकट रहदै आएका छन् ।