अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

मंगल ग्रह आज सबैभन्दा ठूलो र चम्किलो देखिने

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:४२ मा प्रकाशित

नासाका वैज्ञानिकहरूले आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रंगमा देखिने बताएका छन्। यो एउटा दुर्लभ खगोलीय घटना हो जहाँ मंगल, पृथ्वी र सूर्य सिधा लाइनमा हुनेछन्। यसको मतलब मंगल, पृथ्वी र सूर्य १८० डिग्रीको कोणमा हुनेछन्। खगोलशास्त्रको भाषामा यसलाई ’ओपिजिजन’ अर्थात आमनेसामने भनिन्छ। मंगल ग्रहको अपोजिशनको घटना प्रत्येक २६ महिनामा हुने गर्छ।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक दुई वर्षमा अर्थात करिब २६ महिनामा एकपटक एकअर्काको नजिक आउने गर्छन्। अब अर्कोपटक यी दुई ग्रह सन् २०२२ को डिसेम्बरमा नजिक आउनेछन्। अपोजिसनको खगोलिय घटना आज १३ अक्टुबरमा भएपनि गत मंगलबार ६ अक्टुबरमा मंगल पृथ्वीको सबैभन्दा नजिक आएको थियो।नजिक आउँदा पनि यी दुईबीच ३८.६ मिलियन माइलको दूरी छ। अब सन् २०३५ मा मात्र मंगल र पृथ्वी अहिले आएजति नजिक आउनेछन्।

सन् २००३ मा मंगल ग्रह पृथ्वी ३४.८ मिलियन माइलको दूरीसम्म आएको थियो जुन ५९ हजार ६ सय १९ वर्षमा सबैभन्दा नजिक भएको अवस्था हो। अब सन् २२८७ सम्म मंगल पृथ्वीको यति नजिक हुनेछैन। खगोल विज्ञानमा यस घटनालाई ’मार्स क्लोज एप्रोच’ भनिन्छ। जबजब यो घटना हुन्छ तब मंगल ग्रह रातको समयमा चन्द्रमा जत्तिकै ठूलो देखिन्छ भन्ने गरिन्छ तर यो सत्य होइन।

यध्यपी हामी टेलिस्कोपको सहयोगमा यसलाई राम्रोसँग देख्न भने सक्छौं। तपाईं यसलाई राम्रोसँग हेर्न चाहनुहुन्छ भने आफ्नो नजिकको तारा घर वा एस्ट्रोनोमी सेन्टरबाट हेर्न सक्नुहुन्छ।हरेक दुई वर्षमा यो खगोलीय घटना घट्ने भएकाले मंगल मिसनमा जाने मिसनलाई दुई वर्षको अन्तरालमा पठाइने गरिन्छ। यस्तो कम दूरी तय गर्न गरिन्छ र उर्जाको पनि बचत हुन्छ।हाल मंगलमा तीन वटा मिसन सक्रिय छन्। यी तीनै वटा मिसनलाई यसै वर्षको जुलाईमा पठाइएको थियो। युएईको ’होप’ अर्बाइटर, चीनको ’तियानमेन’ अर्बाइटर एण्ड रोवर र अमेरिकाको ’पर्सिवियरेन्स’ रोव नामक मिसन यसै वर्ष त्यता पठाइएका मिसन हुन्।

युरोप तथा रूसले फ्र्यांकलिन रोवर पठाउने योजना बनाएको भएपनि पठाउन सकेन। त्यसका लागि अब उनीहरूले सन् २०२२ सम्म कुर्नुपर्नेछ।युएई, चीन तथा अमेरिकाको मंगल मिशन फरवरी, २०२१ मा मंगल ग्रहमा पुग्नेछ।पृथ्वी र मंगल ग्रहको बीचमा रहेको यो दूरी उनीहरूको अण्डाकार कक्षको कारणले हुन्छ। अरू ग्रहको गुरूत्वाकर्षणका कारण ग्रहको कक्षमा लगातार हल्काफुल्का परिवर्तनहरू भइरहन्छन्।

विशेषगरी मंगल ग्रहले परिक्रमा गर्ने कक्षमा बृहस्पतिको गुरुत्वाकर्षण बलले प्रभावित गर्ने गर्छ।मंगल ग्रहलाई रातो ग्रह पनि भनिन्छ किनकी यसको सतहमा अत्याधिकमात्रामा हुने आइरन अक्साइडका कारण यो रातो देखिने गर्छ।सौर्य मण्डलमा मंगल दोश्रो सानो ग्रह हो। पृथ्वीमा जस्तै मंगल ग्रहको उत्तर र दक्षिणी धुर्व वरफले ढाकिएको छ। त्यहाँ तापक्रम (१४० डिग्रीसम्म पुग्ने गर्छ।

मंगल ग्रहको उच्च तापक्रम २० डिग्री सेल्सियस हुन्छ। २५ घण्टा र केही बढी समयको एक दिन हुने मंगल ग्रहमा एक वर्ष पृथ्वीको तुलनामा दोब्बर लामो हुन्छ। पृथ्वीले सूर्यलाई ३६५ दिनमा एक फन्को लगाउँदा मंगल ग्रहलाई त्यो पूरा गर्न ६८७ दिन लाग्छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू