अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

“कोरोना प्रभावले अपराध बढ्न र शैली फेरिन सक्छ ” – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:२९ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै तिनलाई रोक्नेगरी सुरक्षा रणनीति बनाउन निर्देशन दिनुभएको छ । मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्नेगरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

‘ नयाँ चुनौतीहरुलाई सफलतापुर्वक सम्पन्न गर्न, जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको यो गोष्ठीले सहयोग गर्ने मैले विश्वाँस लिएको छु ।’–उहाँले भन्नुभयो । मन्त्री थापाले पछिल्लो समय लैङ्गिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन सुझाव दिनुभयो ।

गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको बताउँदै सिमा नाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्न आग्रह समेत गर्नुभएको छ । गोष्ठीमा १ नम्बर प्रदेशका १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षास्थित तथा अन्य गतिविधिबारे रिपोर्टिङ गरेका थिए । सो सुरक्षा गोष्ठी बैशाखमै गर्नुपर्नेमा कोरोनाका कारण रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू