अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

थाल ठटाउँदै पत्रकारहरु पुगे बालुवाटार

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:२७ मा प्रकाशित

सञ्चार गृहबाट पीडित भएका पत्रकार तथा कर्मचारीहरु सरकार खोज्दै थाल ठटाउँदै बालुवाटर पुगेका छन् । नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवद्र्धन समिति तथा सञ्चारगृहका पीडित पत्रकाररकर्मचारी संयुक्त संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको हो ।

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभएको र सञ्चालकहरुबाट पत्रकार तथा कर्मचारी महामारीको यो समयमा थप मारमा परेको तर सरकारले भने कानून कार्यान्वयनमा चासो नदेखाएको भन्दै प्रदर्शन गर्नु परेको आन्दोलनकारीको भनाई छ ।

उनीहरुले ‘खै सरकार कता छ ?’ भन्ने प्रश्नसहितका ब्यानर बाकेर प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले कानून नमान्ने सञ्चारगृहको सूचि सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई सम्बन्धित सञ्चारगृहलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू