विश्वभर हालसम्म २ करोड ८६ लाख ३९ हजार ७ सय ६८ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ८१ लाख १२ हजार ३ सय ६८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ८६ हजार ५ सय ८ जनाको मृत्यु भएको छ ।
विश्वभर अहिलेपनि ८३ लाख ८६ हजार ९२ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६९ हजार २ सय ३३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ८३ लाख १६ हजार ८ सय ५९ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ८० लाख ३८ हजार ३ सय ९१ जना संक्रमित भएका छन् भने २ लाख २० हजार २१ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार, भारतमा ७१ लाख ७७ हजार ७ सय ८३ जना संक्रमित हुँदा १ लाख ९ हजार ९ सय १७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख ३ हजार ४ सय ८ जना संक्रमित भएका छन् भने १ लाख ५० हजार ७ सय ९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।