अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:२२ मा प्रकाशित

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा ‘मुख्य योजनाकार’सहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मंगलबार उनीहरुलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो । जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट बा ९६ प ७११४ नम्बरको एउटा मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजारमध्ये ५४ हजार ६०० रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू