अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

“बजारमा मूल्यवृद्धि भएको छैन” – मन्त्री भट्ट

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:२१ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले ‘लकडाउन’पछि खुलेको बजारमा कुनैपनि खाद्यान्नलगायत दैनिकरुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गर्नुभयो ।

तर, विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक÷दुईवटा वस्तुमा मूल्यवृद्धि हुनु स्वाभाविक भएको मन्त्री भट्टको भनाइ थियो । बजार आफ्नो गतिमा गएको बताउँदै उहाँले कहीँपनि समस्या नरहेको दावी गर्नुभयो । अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यानकेन्द्रित भएको मन्त्री भट्टको भनाई छ ।

निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताउनुभयो ।उद्योगमन्त्री भट्टले आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत गर्नुभयो । उहाँले कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू