अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

“कांग्रेस र कम्युनिस्ट जनजातिविरोधी” – डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:१९ मा प्रकाशित

जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट पार्टी जनजातिविरोधी पार्टी भएको आरोप लागाउनुभएको छ । पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘७० वर्ष बूढो नेपाली कांग्रेस र झापा आन्दोलबाट भागेका केपी शर्मा ओलीको कम्युनिस्ट पार्टी मधेसी, थारु तथा जनजातिविरोधी पार्टी’ भएको आरोप लगाउनुभयो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टीलाई एमालेको चौतारीमा आत्मसमर्पण गराएको भन्दै डा. भट्टराईले समाजवादी पार्टीलेमात्र मधेसी जनतालाई अधिकार दिलाउने दाबी गर्नुभयो ।कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी, जनजातिको अधिकार पूर्णरुपमा प्राप्त नभएको कारण आफूहरुको आन्दोलन जारी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर– २ का मुख्यमन्त्री लालबाबु राउतले ओली सरकारको संघीयताविरोधी गतिविधिको कारण संघीयताबाट जनताको विश्वास कम हुँदै गएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू