अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 18:49

नेपालमा ३ हजार ५ सय ५६ जना नयाँ कोरोना संक्रमित भेटिए, थप १८ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:१७ मा प्रकाशित

नेपालमा मंगलबार थप ३ हजार ५ सय ५६ नयाँ कोरोना भाइरस (कोभिड(१९) संक्रमित भेटिएका छन् । योसँगै मुलुकमा संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २ हजार १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १७ सय ४६ जना रहेका छन्।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना र होम आइसोलेशनमा २० हजार ८ सय ६७ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ७ सय ९५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३ सय ७ र भेन्टिलेटरमा ६६ जना बिरामी उपचाररत् छन् । आज थप १ हजार ५ सय ३ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू