अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 18:49

जहाज थपेर वायुसेवा निगमलाई नाफामा लैजानुपर्छ – महाप्रबन्धक पौडेल

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:४८ मा प्रकाशित

नेपाल वायु सेवा निगमका नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई नेपाल सरकारले चार वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको छ ।चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञ रहनुभएका पौडेल यसअघि निगम सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो । पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रबन्धक पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

घिमिरेले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रबन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाउनुभयो । नव नियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो ।

उहाँले निगमलाई गतिशील बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढङ्गले सिर्जनात्मक काम गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू