अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानून संशोधन

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:४७ मा प्रकाशित

बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ ।बंगलादेश सरकारले बलात्कारका घटना लगातार बढ्न थालेपछि कानुन संशोधन गर्दै दोषीलाई मृत्युदण्ड सजायको व्यवस्था गरेको हो । बंगलादेशका कानुनमन्त्री अनिसुल हकले राष्ट्रपतिले हस्ताक्षर गरेपछि भोलीबाट उक्त कानुन लागू हुने जानकारी दिएका छन् ।

केहीदिन अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न सरकारसँग माग गर्दैै आएका थिए । बंगलादेश प्रहरीको तथ्यांक अनुसार गत वर्ष करिब साढे पाँच हजार बलात्कार घटनाको उजुरी परेको छ ।

तर त्यस अनुपातमा दोषी ठहर हुनेको संख्या भने निकै कम पाइएको छ । बलात्कार जस्तो अपराधमा द्रुत कारवाहीको व्यवस्था हुनुपर्ने अधिकारकर्मीहरुको भनाइ छ । मौजुदा व्यवस्थामा बंगलादेशमा बलात्कार सम्बन्धी अपराधमा आजन्म कारावासको व्यवस्था छ । पीडितको मृत्यु भएको अवस्थामा भने अपराधीलाई मृत्युदण्ड समेत हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू