अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

सीमा विवाद समाधान गर्न भारत र चीनबीच वार्ता हुँदैं

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:४५ मा प्रकाशित

भारत र चीनबीच सीमा विवाद समाधानका लागि वार्ता हुने भएको छ ।भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार भारत–चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद समाधान गर्नका लागि आज कमाण्डरस्तरको सातौं चरणको वार्ता हुन लागेको हो ।यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकार र राजनीतिक कमिश्नर सामेल हुन सक्ने छन् ।यसअघि गत सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौं चरणको वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वी एसिया) नविन श्रीवास्तव सामेल भएका थिए ।

सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच वार्ता भएको थियो ।सो वार्तामा सीमा विवाद कम गर्ने सम्बन्धमा पाँच बुँदे सहमति भएको थियो । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

भारतले चीनमाथि सहमति कार्यान्वयन गरेको आरोप लगाउँदै आएको छ । सीमा क्षेत्रमा निर्माण तथा सैन्य गतिविधि जारी राखेको आरोप भारतको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू