अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

विश्वभर २ करोड ८३ लाख ९० हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३८ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ८३ लाख ९० हजार ४ सय ८६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ७८ लाख २७ हजार ३ सय ५७ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ८२ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ८३ लाख ५४ हजार ४ सय ६ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६८ हजार ८ सय ५८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ८२ लाख ८५ हजार ५ सय ४६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७९ लाख ९३ हजार २ सय १५ जना संक्रमित भएका छन् भने २ लाख १९ हजार ७ सय ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ७१ लाख २८ हजार २ सय ६८ जना संक्रमित हुँदा १ लाख ९ हजार २ सय ८५ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५० लाख ९४ हजार ९ सय ७९ जना संक्रमित भएका छन् भने १ लाख ५० हजार ५ सय ६ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू