अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

‘अक्सन थियोरी’ सुधारका लागि दुई अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३६ मा प्रकाशित

दुई अमेरिकी अर्थशास्त्रीलाई ‘अक्सन थियोरी’मा उनीहरुले गरेको योगदानका लागि नोबेल पुरस्कार दिइने भएको छ । द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अर्थशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई संयुक्तरुपमा दिने घोषणा गरेको हो। अक्सन थियोरीलाई सुधार गर्दै उनीहरुले अझ वैज्ञानिक बनाएको एकेडेमीको ठहर छ । उनीहरुले अक्सनको नयाँ ढाँचा पनि पत्ता लगाएका छन्।

उद्योगी अल्फ्रेड नोबेलको नाममा सन् १९६९ देखि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइँदै आएको छ। गत वर्ष अविजित बेनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई संयुक्तरुपमा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो । यसअघि, यो वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू