अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

नेकपा प्रदेश सभा दल कर्णाली प्रदेशमा प्रमुख सचेतक परिवर्तन

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दल कर्णाली प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुलावजंग शाहको स्थानमा प्रदेश सभा सदस्य सीता नेपालीलाई आज नियुक्त गर्नुभएको हो । कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सदस्यले अविश्वास प्रस्ताव गरेकै दिन साहको स्थानमा नेपालीलाई नियुक्त गरिएको हो ।

मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दलका सदस्य सीता कुमारी नेपालीलाई प्रदेश सभा दलको विधान बमोजिम प्मुख सचेतक नियुक्त गरिएको हो ।

नेपालीलाई प्रमुख सचेतकमा दिएको नियुक्तिको बोधार्थ नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष, नेकपा केन्द्रीय कार्यलय काठमाडौ र प्रदेश सभा सचिवालय कर्णाली प्रदेशमा पठाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू