अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

आकस्मिक बाहेकका अन्य अप्रेशनहरु हाललाई नगर्नूः स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३५ मा प्रकाशित

सरकारले काठमाडौँ उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्य अपरेशन नगर्न निर्देशन दिएको छ। सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङमा आकस्मिक बाहेकका नियमित अप्रेशनहरु हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

यसले कोभिडका विरामीहरुलाई बेडको उपलब्धता, आइसियू र भेन्टिलेटर केही उपलब्ध हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विश्वास रहेको गौतमको भनाई छ । यस्तै काठमाडौं उपत्यका भित्रका सबै किसिमका सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा व्यवस्था गरी हाललाई स्वास्थ्य सेवा विभागसँग रहेका आइसियू, भेन्टिलेटर,अक्सिजन आदि सघन उपचारका लागि आवश्यक सरसाग्रीहरु उपत्यकाका अस्पतालका लाग व्यवस्थापन गर्न समेत निर्देशन समेत दिईएको गौतमको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू