अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

नेपालमा थप ४ हजार ४७ जनालाई कोरोना संक्रमण, ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३४ मा प्रकाशित

नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा संक्रमितको संख्या एक लाख ११ हजार ८ सय २ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ ।

अहिले संस्थागत आइसोलेसनमा १३ हजार ९ सय २३ जना रहेका छन् भने होम आइसोलेसनमा १९ हजार ९ सय ५७ जना रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ४ सय ३० जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप १ हजार ४ सय ७३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ। यसैगरी, पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू