अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

चाडपर्वमा यात्रा गर्नुअघि र गन्तव्यमा पुगिसकेपछि ७ दिन अनिवार्य छुट्टै क्वारेन्टाइनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३३ मा प्रकाशित

सरकारले यस वर्ष पहिलाको जस्तै वर्ष नभएकाले यात्रा गर्नुअघि र गन्तव्यमा पुगिसकेपछि ७ दिन छुट्टै क्वारेन्टाइनमा बसेर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ। सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङमा बोल्दै उक्त आग्रह गर्नुभएको हो । चाडपर्वका लागि व्यापार, व्यवसाय तथा यात्राका लागि भीड र संक्रमण फैलाउने कामहरु गर्ने र यस्ता खालका काम गर्नेहरुलाई निरुत्साहित गर्न सम्बन्धित निकायसँग पनि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रवक्ता गौतमले कही कतै यात्रामा जाने आफू र परिवारका सदस्यहरु समेतले जानु पूर्व ७ दिन पूर्णतया क्वारेन्टिन एकान्तबास बस्ने र यसरी बस्दा यात्रा गर्ने व्यक्तिहरुमा कोभिड १९ सँग मिल्ने कुनै पनि लक्षणका कुनै पनि चिन्ह छैनन् भने मात्रै यात्रा गर्ने अन्यथा यात्रा स्थगित गर्ने वा स्वास्थ्यकर्मीको निगरानीमा रहन आग्रह गर्नुभयो ।

यस्तै आफू र आफ्ना प्रियजनहरुलाई संक्रमणबाट जोगाउन सर्वसाधारणका लागि विभिन्न माध्यमबाट यथेष्ट सन्देश पुर्याउन समेत मन्त्रालयले आग्रह गरेको छ। यसैगरी, जेष्ठ नागरिकहरुसँग अन्य व्यक्तिहरुको प्रत्यक्ष भेटघाट नहुने गरी हरेक स्थानीय तहहरुले जनसमुदाय स्तरको कार्ययोजना बनाएर लागू गर्न वडाअध्यक्षको सक्रियतामा समुदाय/ समुदाय र मानिसमानिसबीचमा प्रत्यक्ष भेटघाट नगर्ने प्रविधिमैत्री परिचालन गराउन समेत स्वास्थ्य मन्त्रालयले अपील गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू