अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका अध्यक्षद्वय बीच छलफल

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३२ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय बीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादबारे ओलीसँग वास्तविकता के हो ? भनेर सोध्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले विवादबारे प्रष्ट नपारेपनि आफ्नो स्वीकृतिमै अविश्वासको प्रस्ताव दर्ता गरेको स्वीकार गर्नुभएको बुझिएको छ । भेटवार्ताका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादले राम्रो सङ्केत नगरेको भन्दै त्यसलाई पार्टी नेतृत्व तहले नै मिलाउन पहल गर्नुपर्ने बताउनुभएको थियो । कहाँ केके गर्ने हो भन्ने बिषय समग्रतामा छलफल गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले एउटालाई हटाउने अरुलाई राख्ने गर्दा राम्रो नहुँने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू