अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

डा केसी र सरकारको लिखित सहमतिमा धोका नहोस् – युएसएनपीआरसी

बिआरटीनेपाल २०७७ असोज २५ गते ९:०९ मा प्रकाशित

स्वास्थ्य-शिक्षा र सेवा सुविधामा सबै नेपालीको सहज पहुँचका लागि लामो समयदेखि आवाज उठाइरहनु भएका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसी र नेपाल सरकार बिच लिखित सम्झौता भई डा. केसीले १९ औ पटकको अनसन २८ दिनमा तोड्नु भएको सुखद खबरको स्वागत गर्दछौँ ।

तर डा. केसीले फेरि भविष्यमा अनसन बस्न नपर्ने गरी भएका र गरिएका सम्झौता र सहमतिको इमानदार र सार्थक कार्यान्वयनका लागि सरकारबाट पहल हुनु महत्त्वपूर्ण हो भन्ने युएसएनपीआरसी को धारणा छ ।

अहिले कोभिड १९ को स्वास्थ्य महामारी र सरकारबाट भएको व्यवस्थापनको भयावह अवस्थाले पनि डा केसीले उठाउँदै आउनु भएका विषय र मागहरू पुरा गरिनु कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गर्दछ ।

अतः भएका सहमति कार्यान्वयन र सुधार तर्फ सरकार यथाशीघ्र अग्रसर होस, र फेरि धोका नहोस् भन्ने आग्रह गर्दछौँ ।

धन्यबाद्,

राजन पन्त, पिएचडी
अध्यक्ष
सुमन पराजुली, पिएचडी
कार्यकारी सचिव

११ अक्टोबर २०२०, अमेरिका

प्रतिक्रिया