अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

सूचना तथा प्रशारण विभाग अगाडि पत्रकारको प्रदर्शन

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:४६ मा प्रकाशित

विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी बिदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन् ।

पत्रकारको हकहितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताउनुभयो । सरकारलाई दबाब दिन विभाग अगाडि लालटिन बाँधेर प्रदर्शन गरिएको उहाँको भनाइ छ । लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताउनुभयो । सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाब सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उहाँले बताउनुभयो ।

कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चारध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी बिदामा राखेका छन् । जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन् । पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू