अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

राप्रपाको केन्द्रीय समिति विस्तार, ४ सय सदस्य थपिए

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:४० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । राप्रपाले आफ्नो ३ सय २७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४ सय सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पु¥याएको छ । राप्रपाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समिति विस्तार भएको जानकारी दिएको हो ।

पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्य समिति विस्तार गरिएको राप्रपाले जनाएको छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ ।

पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू