अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 11:56

प्रधानमन्त्री कार्यालयका उपसचिवसहित १४ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:३९ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट हुने कामकाज प्रभावित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायमा कार्यरत करिब २ सय ४० जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा कार्यालयका एक उपसचिवसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना देखिएकासँगै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य २० जना समेत हाल क्वारेन्टाइनमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासन महाशाखाका सहसचिव शंकर नेपालले जानकारी दिनुभयो । पोजेटिभ देखिएकाहरू अधिकांश कार्यालयका सुब्बा, खरिदार, कार्यालय सहयोगी र चालकहरू रहेका छन् । धेरैजसो कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम सम्पादनमा समस्या नआओस् भनेर जुम, वेविनार जस्ता प्रविधि अपनाइएको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीसँगै पीसीआर परीक्षण गरिएका राष्ट्रिय योजना आयोग र जल तथा ऊर्जा आयोगका गरी १० कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू