अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

विश्वभर २ करोड ८१ लाख ५९ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:३५ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ८१ लाख ५९ हजार ६ सय ६५ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ७५ लाख ३३ हजार ४ सय १९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ६८ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ८२ लाख ९५ हजार २ सय ८५ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६८ हजार ७ सय ६१ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ८२ लाख २६ हजार २ सय २४ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७९ लाख ४७ हजार ५ सय ४९ जना संक्रमित भएका छन् भने २ लाख १९ हजार २ सय ९६ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ७० लाख ५३ हजार ८ सय ६ जना संक्रमित हुँदा १ लाख ८ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५० लाख ९१ हजार ८ सय ४० जना संक्रमित भएका छन् भने १ लाख ५० हजार २ सय ३६ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू