अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८
| Colorodo: 14:03
बलात्कारीलाई कडा सजायको माग गर्दै आइतबार पनि राजधानीमा प्रदर्शन भएको छ । महिलाहरुको एक समूहले माइतीघरमा प्रदर्शन गरेका हुन् । ‘३३ प्रतिशत महिला अधिकार छ तर पनि नेपाली महिला सांसद किन मौन?’, ‘नेपालकी महिला राष्ट्रपति किन मौन ?’, ‘म छोरी चेली भएकै कारण कहिलेसम्म मरौँ’ लेखिएका प्ले कार्डसहित प्रदर्शन गरिएको हो ।
पछिल्लो समय बलात्कारका घटनाहरु निरन्तर बढिरहेका बेला दोषीलाई कडाभन्दा कडा सजायको माग बढिरहेको छ। शनिबार पनि माइतिघरमा महिलाहरुको एक समूहले गाउँदै÷नाच्दै विरोध प्रदर्शन गरेको थियो। बझाङमा १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्याको घटना यता निरन्तर विरोध प्रदर्शन भइरहेका छन्। अहिले नेपालमा बलात्कारीलाई २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।