अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

त्रिविको स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता हुने

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:२८ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नोवेल कोरोना भाइरस का कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिर तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

परीक्षा सम्बन्धी थप विवरण छिट्टै वेभसाइटमा प्रकाशित गरिने शर्माले बताउनुभयो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडका कारण रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू