नेपाल सरकारका सहसचिव डा. भीष्मकुमार भूसालको यात्रा संस्मरण ‘कोको पहाडमा भोको यात्री’ आज सार्वजनिक भएको छ ।भर्चुअल पुस्तक विमोचन कार्यक्रम मार्फत कृति सार्वजनिक भएको हो । भूसालको यो दोस्रो साहित्यिक कृति हो । यो भन्दा पहिले उहाँको कविता संग्रह ‘पहाड उचाल्ने परेलाहरु’ प्रकाशन भइसकेको छ ।