अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण

बिआरटीनेपाल २०७७ असोज २४ गते ८:२६ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल मार्फत मन्त्री भट्टराईले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिनुभएको थियो । शनिवार आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले जानकारी गराउनुभएको हो । हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या भने नदेखिएको उहाँले उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू