अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

यस वर्षको फूलपाती बढाइँ सांकेतिक मात्र गरिने

बिआरटीनेपाल २०७७ असोज २४ गते ८:२१ मा प्रकाशित

नेपाली सेनाले यस वर्षको फूलपाती बढाइँ नगर्ने भएको छ ।तर धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिक बढाइँको आयोजना भने गरिने जंगी अड्डाले जनाएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासकासाथ मनाउँदै आएको छ ।

कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासकासाथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।अघिल्ला वर्षहरुका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४–८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यसपटक सामाजिक दूरी कायम गरी २५–२५ जनामा सीमिति गरिएको उहाँले बताउनुभयो । बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनुहुनेछ ।

विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेना जनाइएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यसपटक सेनासहित पाहुनाको संख्या १०० जनामा सीमित तुल्याइने छ । उपस्थिति हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू