अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

नेकपा अध्यक्षद्वयको भेटवार्ता बिना निष्कर्ष टुंगियो

बिआरटीनेपाल २०७७ असोज २४ गते ७:३९ मा प्रकाशित

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल बिना निष्कर्ष सकिएको छ ।मन्त्रिमण्डल पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति र पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा दुई अध्यक्षबीच ३ घण्टा लामो छलफल चले पनि कुनै ठोस निष्कर्ष निस्किन सकेन ।

आफूहरुबीचको छलफलमा कुनै ठोस प्रगति नभएपछि १२ बजे बालुवाटार पुग्नु भएका अध्यक्ष प्रचण्ड ३ बजे बाहिरिनु भयो । शनिबार (आज) को छलफल पार्टीका सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा केन्द्रित भए पनि कुनै सहमति हुन नसकेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच कुरा मिल्न सकेको छैन । अध्यक्षद्वय गत भदौ २६ मा बसेको स्थायी कमिटीको बैठकपछि निरन्तर छलफलमा हुनुहुन्छ । ।

शनिबारको छलफल स्थायी कमिटी बैठक सकिएयताको १५ औं भेटवार्ता हो । लगातार छलफल चलिरहे पनि अध्यक्षद्वय मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति र पार्टी एकीकरणका बाँकी काम सक्ने विषयमा सहमति जुटाउन सकिरहेका छैनन । दुई अध्यक्षबीच विवादित एजेण्डाहरुमा सहमति हुन नसके पनि छलफल भने जारी राख्ने सहमति भएको छ । यद्दपी अर्को भेटवार्ताको मिती भने तय गरिएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू