अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

कोरोनाका कारण ‘अप्ठ्यारो स्थिति आउनसक्छ’- स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ असोज २४ गते ६:५४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यलयहरुमा कुनैपनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ ।मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै उक्त कार्यहरु नगर्न अनुरोध गर्नुभएको हो ।

मन्त्रालयले नजिकिँदैै गरेको चाडपर्व सम्भव भएसम्म घर परिवारसँगै बसेरमात्र मनाउन आग्रह गरेको छ । घरबाहिर जानैपर्ने अवस्थामा पूर्णरुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नपनि उहाँले अनुरोध गर्नुभयो ।

प्रवक्ता डा. गौतमले देशभर कोरोना संक्रमण जित्नेको दैनिक संख्या घट्दै गइरहेको र संक्रमितको संख्यामा वृद्धि भइरहेको बताउँदै अप्ठ्यारो स्थिति आउनसक्ने भन्दै थप सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू