अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

चर्चित फुटबलर हरि खड्का राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्यमा नियुक्त

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:३४ मा प्रकाशित

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का राष्ट्रिय खेलकुद परिषद्(राखेपको बोर्ड सदस्य नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले खड्कालाई प्रदेश– १ को प्रतिनिधिका रुपमा नियुक्त गरेको हो।

लामो समय राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईको स्ट्राइकरका रुपमा मैदानमा देखिएका खड्का पछिल्लो समय पुलिस क्लबको प्रशिक्षक टोलीमा रहनुभएको थियो । उहाँ महिला राष्ट्रिय टोलीको पूर्व प्रशिक्षक पनि हुनुहुन्छ । राखेप सदस्यमा नियुक्त भएकोमा खड्काले खुसी व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू