अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

नेपाल/चीन बीच सीमामा समस्या छैनः परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:२९ मा प्रकाशित

नेपाल चीन बीच रहेका सीमाहरूमा समस्या नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसहित नाकामा बनिरहेका पूर्वाधारको अवलोकनका लागि रसुवा पुग्नुभएका उहाँले भारतसँग जोडिएका सीमामा केही समस्या रहेतापनि चीनसँगको नाकामा समस्या नरहेको बताउनुभएको हो ।

नेपाल भारत सीमा अनुगमन समिति र नेपाल चीन सीमा अनुगमन समिति बनाएर सीमाको अध्ययन प्रक्रिया अघि बढाएकोमा नेपाल भारतबीचको सीमाको अध्ययन सकिएको छ । नेपाल र भारत बीचको सीमाको अध्ययन सकिएपश्चात व्यवस्थित ढंगले प्रतिवदेन तयारी पारिएको ज्ञवालीकाो भनाइ छ। अध्ययन अनुसार दुई देश बीच रहेका सीमामा केही समस्या देखिएको छ।

यसैगरी कोभिड–१९ र मौसमको प्रतिकुलताको कारण चीनसँगको सीमा अनुगमनको काम हुन नसकेको उहाँले बताउनुभयो । नेपाल चीन बीच भएका सीमा स्तम्भमा कोर्डिनेट राखिएकाले भत्काउने र सार्ने सम्भावना नरहेकाले पनि सीमा समस्या नभएको ज्ञवालीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू