अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

नेपालमा कोरोना संक्रमणबाट ६ सय जनाको मृत्यु, संक्रमितको संख्या १ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:२५ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमणबाट आजसम्म ६ सय जनाको ज्यान गएको छ । गएको २४ घण्टामा थप १० जनाको ज्यान गएसँगै कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यसैगरी, मुलुकमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । आज (शुक्रबार) थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ७९ जनाको नमुना परीक्षण गरिएको हो । यसैगरी आज १ हजार ६ सय ८० जना निको भएर फर्किएसँगै कोरोनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ । अब नेपालमा २७ हजार ५३ जना कोरोनाका सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ७ सय ३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू