अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

लिबियामा ७ भारतीय नागरिक अपहरित

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:२२ मा प्रकाशित

लिबियामा सात भारतीय नागरिक अपहरणमा परेका छन् ।लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय नागरिकहरुलाई भारत फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरण गरिएको हो ।अपहरण गर्ने व्यक्तिहरुको समूह पहिचान भएको छैन । यसैबीच भारत सरकारले लिबियाली सरकारलाई उनीहरुलाई अपहरण मुक्त गर्न आग्रह गरेको छ ।

भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबियाली सरकारलाई आग्रह गरेको हो ।भारत सरकारले आफना नागरिकहरुलाई लिबियाको भ्रमण नगर्न सन् २०१५ मा अपील जारी गरेको थियो भने सन् २०१६ मा लिबिया जान प्रतिबन्ध समेत लगाएको थियो । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेका छन् । अपहरणमा परेकाहरुको स्थिति अज्ञात छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू