अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

८ महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीहरु रिले अनसनमा

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:१५ मा प्रकाशित

कोरोना महामारीबाट प्रभावितहरुको उपचारमा संलग्न रहनु पर्ने स्वास्थ्यकर्मीहरु ८ महिनादेखि तलब नपाएको भन्दै आन्दोलित बनेका छन् । ठमेलस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सरकारको निर्देशन विपरित कर्मचारी निकाल्नुका साथै नियमित तलब समेत नदिएपछि यही असोज ११ गतेदेखि स्वास्थ्यकर्मीहरुसहित ८० जनाले रिले अनसन गरिरहेका छन् ।

रिले अनसन बसेको १३औं दिनसम्म व्यवस्थापनले कुनै सुनुवाई नगरेको आन्दोलित स्वास्थ्यकर्मीहरुले बताएका छन् ।अस्पतालले कोरोना महाव्याधी सुरु हुनु अगाडिदेखि नै तलब नदिएपछि स्वास्थ्यकर्मीको दैनिकमा समेत असर परेको छ ।माघ महिनामा आधा तलब प्राप्त गरे बाहेक हालसम्म स्वास्थ्यकर्मीले पारिश्रमिक पाउन सकेका छैनन् । व्यवस्थापनले पटक पटक पारिश्रमिक दिने आश्वासन दिएर झुक्याउदै आएको आन्दोलित स्वास्थ्यकर्मीले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू